धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले तामाङ जातिको महान चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख राईले धरानमा उल्यखनीय उपस्थित रहेको तामाङ जातिको महान चाड सोनाम ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नगरबासी दिदिबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो । धरानमा बसोबास गर्ने बहुल जाति, बहुल धर्मावलम्वीहरुको आ–आफनो संस्कार संस्कृति र मौलिक पर्वहरु छन् । यही सन्दर्भमा धरानमा उल्यखनीय उपस्थित रहेको तामाङ जातिको महान चाड सोनाम ल्होसारको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नगरबासी दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा समेत रहेको शुभकामना सन्देश मार्फत बताउनुभएको छ ।

‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । सोनाम ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाँडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएकोछ ।

यस्ता चाड पर्वले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap