पुष २०। धरान स्थापना दिवस मनाउन धरान आएका प्रधानमन्त्रि शेर बहादुर देउवा आज बिहान १० बजे हेलिकप्टरमा आए पस्चात पार्टी कार्यालय उद्घाटन,धारान ६, पानावारीस्थित फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन र धरान ८ स्थित बन्दै गरेको बसपार्कको अवलोकन गरि धरान १२ स्थित कार्यक्रम स्थल ,पब्लिक हाइ स्कूलमा कार्यक्रम उद्घाटन गरे।
बिहान नेपाली सेनाको हेलिकोप्टरमा धरान आइपुगेका देउवा काठमाडौँ फर्किसकेका छन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य जय कुमार राईले कार्यक्रममा बोल्दै,प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले धरानको गरिमा बढेको बताए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताए ।प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागिपर्ने बाचा गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि राम्रो काम भएको पनि बताए।धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको उल्लेख गरे। कार्यक्रममै बोल्दै सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेशमा समस्या भएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताए।

आजका कार्यक्रम हरुको भिडियो लिङहरु ः

https://www.facebook.com/EverestDailyNews/videos/647446383123285

https://www.facebook.com/EverestDailyNews/videos/277782321001573

https://www.facebook.com/EverestDailyNews/videos/479304053775595

https://www.facebook.com/EverestDailyNews/videos/2292133037752995

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x