धरान । नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको बन्दको क्रममा आज धरानमा प्रहरी र बन्दकर्ता बिच झडप भएको छ ।

संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै
प्रचण्ड-नेपाल समूहले आज बन्दको घोषणा गरेको थियो । बन्दकर्ताले यातायातका साधन रोक्नेक्रममा बन्दकर्तालाई प्रहरीले रोकेपछि झडप भएको हो । झडपको क्रममा एक जना राष्ट्रिय युवा संघ नगर सहसंयोजक विजय तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तामाङको तुरुन्त रिहाई गर्न नेकपा संघर्ष समितिका सहसंयोजक चोत्लुङले माग गरेका छन् । अहिले धरानको भानुचौकको अवस्था सामान्य रहेको छ । भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानै देखि प्रर्दशन गरेका थिए । एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्नखोज्दा ट्याम्पोवालालाई दुव्र्यवहार गरिएको भन्दै यातायात मजदुरहरु प्रर्दशनमा उत्रिएका थिए । सो क्रममा दुवै पक्षविच झडप समेत भएको थियो । टायर बाल्नेक्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजे पछि मजुदरसंग सामान्य झडप भएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap