धरान । “सफा र स्वस्थ्य धरान” भन्ने मुल नाराका साथ धरान सरसफाई गरीरहेका प्रोजेक्ट नेचर नेपाललाई विभिन्न संस्थाले प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सेभ द ह्यूम्यानिटी नेपाल धरानको संयोजनमा आज सरसफाई भइरहेको स्थानमा पुगेर सुम्निमा सहकारी, सप अडर धरान, टाइसन रियलस्टेट र ब्रिड अफ गोर्खा ट्रेनिङ सेन्टर धरानले प्रोजेक्ट नेचर नेपालको टिमलाई प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको हो । यसैगरी रहेको पञ्चासे आयूर्वेद फर्मा धरानले प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र यूवा व्याबसायी दिनेश मगरले नगत सहयोग गरेका छन् ।

प्रोजेक्ट नेचर नेपालको आयोजना र रेडियो धरान ८८.८ मेगाहर्जको मुख्य सहकार्यमा सुरु भएको उक्त सरसफाई अभियानको आज ६ दिन वितिसकेको छ । निरन्तर ४५ दिन सम्म सञ्चालन हुने सरसफाई अभियान गएको बुधबार धरानमा रहेको वीपी पार्क(ओसो)बाट सुरु गरीएको थियो ।
सर्दु जलाधारको क्षेत्रमा भएको फोहोरलाई सफा गर्दै सर्दु खोला हुदै धरान १६ को झोलुङ्गे पुलबाट वाबु डाँडा(चिण्डे डाँडा) पुग्ने त्यसपछि पञ्चकन्या, बुढासुब्बा, पिण्डेश्वरी हुदै भानुचोकमा पुगेर सरसफाई कार्य सम्पन्न गर्ने योजना रहेको प्रोजेक्ट नेचरको टोलि जानकारी दिएको छ ।
प्रकृती बचाऊ अभियान अन्तर्गत प्रोजेक्ट नेचरले नेपालको पुर्व, पश्चिम, उत्तर, दक्षिण साईकल यात्रा समेत सम्पन्न गरीसकेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x