धरान , २७ कार्तिक। नेपाली काँग्रेस धरान उपमाहानगरपालिका वाड न। १५ को कार्यलय श्यामचोकमा उद्वघाटन साथै नेपाली काँग्रेस पाटीको १४ औ माहाधिवेशन बाट निर्वाचित वडा कार्यसमिती को पदस्थापन कार्य एक कार्यक्रम बिच सम्पन भएको छ।


उक्त कार्यक्रम का प्रमुख अतिथी प्रतिनिधि सभाका संसद मिना सुब्बा विशिष्ट अतिथीमा पुर्व प्रदेश प्रमुख डा। गोविन्द सुब्बा र अतिथीहरु मा धरान का मेयर तिलक राई , सुनसरी सचिव सुजेन्द्र तामाङ्ग, धरान नगर सभापती श्याम पोखरेल लगाएत अन्य नेता को उपस्थीती रहेको थियो। कार्यक्रम को अध्यक्ष १५ न। वडा सभापती डम्बर बहादुर गुरुङ्ग ले गरेका थिए।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभाका संसद मिना सुब्बा ले नगर र वडाको माहाधिवेशन सम्पन्न पछि नयाँ नेतृत्व सहित जनताको घर घर मा काँग्रेस पुग्न थाली सकेको बताउदै नयाँ कार्यसमिती लाई बधाई दिनु भएको थियो। धरान उपमाहानगर पालिका का मेयर तिलक राई ले पाटीको माहाधिवेशन बाट काम गर्न सक्ने व्यक्ती लाई निर्वाचित गर्न आग्रह गर्दै निर्वाचित कार्यसमिती लाई बधाई दिनु भयो। कार्यक्रमको अतिथी नगर सभापती श्याम पोखरेल १४ औ माहाधिवेसन पछि गाउँ गाउँ मा पुग्ने बाचा गरेका थिउ १५ न। वाड बाट सुरु भएको उद्वघोष गर्दै धरान काँग्रेस मय बनाउने बताए।


धरान १५ न। वडा कार्यसमितीमा सभापती डम्बर बहादुर गुरुङ्ग, उपसभापती डिक बहादुर तामाङ्ग, राजन खड्का, सचिव हरि बहादुर श्रेष्ठ, गजेन्द्र लिङथेप सह सचिव ललितमान योन्जन, सचिन राई, कोषध्यक्ष कुमारी लिम्बू सहित २९ सदस्य समिती लाई पदस्थापना गरिएको छ। कार्यक्रममा नगर सदस्य चुडामनी निरौला लाई सम्मान गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x