धरान । धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाईनसम्मको सडक कालोपत्रे भएको छ ।

सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न भएको हो । बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाधयक्ष मनोज भट्टराईले संयूक्त रुपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् । उक्त सडकमा ४८ लाख ३५ हजार ३ सय ७४ रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव राईले जानकारी दिनुभयो । मेयर कोष, उपमहानगरपालिका, १७ नं. वडा कार्यालय र स्थानिय उपभोक्ताबाट बजेट संकलन गरेर उक्त सडकको कालोपत्रे निर्माण सम्पन्न गरिएको हो । उपभोक्ता समितिका सचिव राईका अनुसार सडक आसपासमा रहेका विधुतको ट्रान्सफर्मर सार्ने, विधुतको पोल फेर्नुका साथै स्थानियले खानेपानीको पाईपलाईन पनि पैसा उठाएर सारेका छन् । मेयर राईले धरान उपमहानगरपालिकाले लागत साझेदारीमा निर्माण गरेको बाटोहरु धेरै संख्यामा पुगिसकेको बताउनुभयो । बाटोको विषयमा छलफल पनि भईरहेको छ । उपभोक्ताहरु आफै ठेकेदार हुने, कमसल र गुणस्तरहिन बनाउने सुरुवात भईरहेको मेयर राईले बताउनुभयो । मेयर राईले भने, ‘उपभोक्ता बिचमै पदाधिकारीहरु ठेकेदारको रुपमा रहेर आफ्नो निर्माणलाई सम्झौता गर्ने, गुणस्तरहिन सामग्री प्रयोग गर्ने प्रवृति बढेको छ ।’ यस्तो प्रवृतिले गर्दा राज्य र जनताले नोक्शान बेहोर्नु परेको मेयर राईको भनाई थियो । उपभोक्ताबाट काम गर्ने कि नगर्ने भनेर उपमहानगरपालिकामा छलफल चलिरहेको छ । पछिल्लो समय धरानमा उपभोक्ताहरु ठेकेदारको रुपमा परिणत भईरहेको बताउँदै मेयर राईले यसले उपमहानगरपालिकाको लागत साझेदारीको काममा असर गरिरहेको धारणा व्यक्त गर्नुभयो । मेयर राईले अजम्बर मार्ग र बेलगाछी लाईनमा अत्यन्तै राम्रो काम भएको भन्दै उपभोक्ता समितिको प्रशंसा गर्नुभयो । ‘यहाँको उपभोक्ताले अत्यन्तै राम्रो काम गरेको छ, धरानको साख जोगाएको छ’ मेयर राईले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap