धरान । धरान १७ शान्ति टोल स्थित खहरे खोलामा बनेको नवनिर्मित पुलको उद्घाटन भएको छ ।

मेयर तिलक राईले आज (शनिबार) नवनिर्मित पुलको उद्घाटन गर्नु भएको हो ।

मेयर राईले केही समय अघिसम्म यो ठाउँलाई फरक ढंगले हेरिएको बताउँदै भौतिक निर्माणले यो ठाउँको स्वरुप नै परिवर्तन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अलिकति समस्या जस्तो देखिने, खोल्सा त खोल्सै हो, अलिक अप्ठ्यारो देखिने तर, अहिले यो भौतिक निर्माणले शान्ति टोलको स्वरुप परिवर्तन भएको महशुस गरेकोछु ।’ जनप्रतिनिधिहरुले दिएको पैसाको सदुपयोग भयो र त्यसले गुणात्मक रुपमा विकास भयो भने जनप्रतिनिधिहरुलाई अत्यन्तै सुख हुने उहाँले बताउनुभयो । उहाँले उपभोक्ता समितिले उत्साहजनक काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । एकतिर निर्माण गर्दा अर्कोतिर विनाश नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
मेयर राईले धरान १७ भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्नुपर्ने एक नम्बर वडामा पर्ने बताउनुभयो । भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न उपमहानगरको कार्यपालिकाको बोर्ड बैठकबाट नगर प्रमुखको संयोजकत्वमा समिति बनेको बताउनुभयो । वडाध्यक्षको नेतृत्वमा वडामा पनि सहजिकरण समिति बन्ने उहाँले बताउनु भयो ।

शान्ति टोल पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुर्य तामाङले उ क्त पुल नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ र उपभोक्ता समितिको १ लाख ८८ हजार ६८ रुपैयाँ बजेटमा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ पुल नहुँदा मानिसलाई आवतजावत गर्न समस्या थियो, खहरे खोलाले बगाएर अहिलेसम्म तिन जनाको मृत्यु भईसकेकोछ ।’ पुल निर्माण भएपछि शान्ति टोलका मात्र नभई लोसे, नमस्ते चौक र उदयटोलका बासिन्दालाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो ।

सोही वडाका वडाध्यक्ष मनोज भट्टराईले शान्तिटोल आफैमा क्रियाशिल टोल रहेको बताउनुभयो । हरेक टोलहरुले शान्ति टोलबाट सिक्न जरुरी रहेको बताउँदै उहाँले एकतावद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap