धरान । धरान वडा नं. ६ का किसानलाई खरी जातको बाख्रा र कालो बंगुरको पाठी वितरण गरिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत प्राविधिक तालिम लिएका किसानलाई ११ वटा खरी जातको बाख्रा र ७ वटा कालो बंगुरको पाठी वितरण गरिएको हो । आईतबार धरान उपमहानगर परिषरमा मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले वितरण गर्नु भएको थियो ।

लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता गंगा तामाङका अनुसार धरान उपमहानगरको आयोजना साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा ६ नं. वडाका १८ जना किसानलाई वितरण गरिएको हो । वडा नं. ६ मा २७ जना किसानलाई विभाजन गरेर विभिन्न शिर्षकमा लघु उद्यम विकास तालिम दिईएको थियो । सोही तालिम अन्र्तगत किसानलाई खरी जातको बाख्रा र कालो बंगुरको पाठी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले वडा नं. १४ का १३ जना कृषकलाई पनि दुग्धजन्य तालिम दिइएको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x