धरान। धरान वडा नं ६ पानवारीमा आज दिउँसो एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास भएको छ भने सुनको गहना लुटिएको छ । पानवारी निवासी ७५ बर्षीया वृद्धा जसमाया लिम्बुको घाँटी रेटिएको र सुनको गहना लुटिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार लुटेराहरुले वृद्धाको सुनको सिक्री र कानमा लगाउने गहना मारवाडी लुटेर लगेका छन् ।

घाइतेलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उनको घाँटी अगाडिबाट चक्कुले रेटिएको डिएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार घटनामा प्रयोग भएको चक्कु भेटिएको छ भने कुकुर पनि लगेर अनुसन्धान भइरहेको छ । ‘घरमा अरु कोही पनि नभएको मौकामा चक्कुले घाँटीमा काटेको चोट देखियो । घाइते बोल्ने सकेको छैन । चक्कु पनि देखियो, डग ल्याएर अनुसन्धान भइसकेको छ,’घटनास्थलबाटै डिएसपी बस्नेतले भने ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap