धरान । धरान उपमहानगरपालिका वडा नं. ८ लाई तेह्रौं बालमैत्री वडा घोषणा गरिएको छ ।

शनिबार सभागृहमा सम्पन्न भएको औपचारिक घोषणा सभाले वडा नम्बर ८ लाई तेह्रौं वडा बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । प्रदेश नम्बर १ का सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यमा भएको सभाले वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

हरेक वडालाई बालमैत्री वडा घोषणा गर्न ३९ वटा सुचक र १६ वटा खुड्किला पार गर्नुपर्ने प्रावधान रहेकोले सो प्रावधान पारगरेपछी बालमैत्री वडा घोषणा गरिनेछ । वडा नम्बर ८ ती सुचक र खुड्किला पार गरेकोले बालमैत्री वडा घोषणा भएको हो । सभामुख प्रदिप भण्डारीले यस अघि घोषणा भएका वडाहरुको समिक्षा गर्नुपर्ने बताए । सभामुख भण्डारीले ती वडामा केके भैरहेको छ सोको समिक्षा हुनुपर्ने बताए ।

धरान उपमहानगरका मेयर तिलक राईले उमेर अनुसारको काम, कर्तव्य र अधिकार हुने भएकोले पनि वडा बालमैत्री घोषणा गर्नुपरेको बताए । वडा नम्बर ८ पछि वडा नम्बर १६ छिट्टै बालमैत्री वडा घोषणा हुन लागेको मेयर राईले जानकारी दिए ।

उपमेयर मन्जु भण्डारीले बालमैत्री वडा घोषणा गर्न ३९ वटा सुचक र १६ खुड्किला पार गरेपछि मात्र बालमैत्री वडा घोषणा हुने बताईन् । सोही अनुसार खेल्न, पढ्न, रमाउन र स्वास्थ्य सम्बन्धी पुर्वाधार छ वा छैन सुनिश्चितपछि मात्र घोषणा हुने बताईन् ।

नेपाली काङ्ग्रेस धरान ८ का अध्यक्ष नन्द राईले वडा नम्बर ८ मा एकजना ७ वर्षको बालिका घर निकाला हुन लागेको भन्दै त्यस बिषयमा बाल मैत्रीले पहल गरोस् भन्दै बाल मैत्रीलाई साथ सहयोग रहने प्रतिबद्धता जनाए । महिला सञ्जालका अध्यक्ष चेतना श्रेयङले बालबालिका श्रमशोषण शिक्षाबाट बन्चित भएकालाई सरकारको मात्र जिम्मेवार नभएर घरपरिवारबाट नै लागि पर्नुपर्ने बताईन् ।

नगर बाल सञ्जालका निश्चल खड्काले वडामा बाल विवाह भैरहेको भन्ने सुचना आएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । सञ्जालले पञ्चवर्षिय योजना तयार गरेको भन्दै बालमैत्रीलाई निरन्तरता दिनको लागि निर्णय भएको बताए । उक्त वडामा १५ वटा टोल विकास संस्था रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x