पुष २९। धादिङको रुबीभ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर सहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको बताए। खबर आए लगत्तै उद्धारको लागि टोली परिचालन गरिएको जनाइएको छ।विस्तृत विवरण भने आइसकेको छैन।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x