धरान, ११ कार्तिक । नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतो रहेकाछन्।

गौशाला बजारस्थित महतोको डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरिएको हो।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिएको हो।डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले बताएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो ।

महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएकोछ । भारत–नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका महतोलाई उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी रहेकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x