धरान : प्रहरीले सुनसरीको दक्षिणी क्षेत्रबाट नक्कली नोटसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरातको अररिया जिल्लाको रामनगरका ४० बर्षीय नवल किशोर पाल र ३२ बर्षीय सुमन पाल रहेका छन् । उनीहरुलाई प्रहरीले देवानगंज गाउँपालिका २, मध्यहर्षाही पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो । दुवैको साथबट नेपाली १०० रुपैया दरको १६ थान नक्कली जाली नोट वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरु बिआर५०(एस(८४०६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेका थिए ।

दुवै जनालाई शुक्रबार बिहान ९ बजे ईलाका प्रहरी कार्यालय देवानगंजको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उनीरुलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x