पुष १६।किरात राई यायोक्खा सुनसरीले किरात नयाँ वर्ष यलम्बर सम्वत् ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । किराया,सुनसरी प्रचार प्रशार उप समितिले अाज धरान १०स्थित यलम्बर स्मृति संग्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।

यही पुष २१ गते डिपो माध्यमिक विद्यालयमा महिला बास्केटबल प्रतियोगिता, पुस २३ गते किरात राई यायोक्खा सुनसरी र नेपाल पत्रकार महासङ्घ सुनसरीबिच फुटसल प्रतियोगिता, पुस २५ देखि २७ गते सम्म घर घरमा झन्डा राख्ने कार्यक्रम, पुस २८ गते देखि माघ १ गते सम्म दीप प्रज्वलन सुनसरी जिल्लाभर घर घरमा गर्ने, पुस २९ गते यलम्वर सम्बतको प्रचारात्मक ८२ वटा बेलुन उडाउने र पुष ३० गते धरानको भानुचौकमा यलम्वर साँझ ५०८२ कार्यक्रम हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

यलम्वर साँझ कार्यक्रमको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र राईले गर्ने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। साँझ हुने यलम्बर साँझ ५०८२ मा सांस्कृतिक कार्यक्रम पनि हुने बताइएकोछ जसमा गायिका मलिना राई, विल्सन विक्रम राई (तोक्मे बुढा) किरात राई सांस्कृतिक कलाकार सङ्घका कलाकारहरूको साङ्गीतिक प्रस्तुति हुने पत्रकार सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका सचिव नवीन राईले जानकारी दिनुभयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x