धरान, १८ कार्तिक। २०७८ शुक्लपक्ष प्रतिपदा कार्तिक १९ गते शुक्रबार देखि राष्ट्रिय मौलिक संवत ११४२औं नव वर्षमा प्रवेश गर्दैछ।नयाँ संवतलाई धरानको झिगु समाजले भव्य रुपमा र्याल्लि निकालि स्वागत गर्ने भएको छ।कार्यक्रम झिगु समाजको आयोजना, नेवा देयस्दबूको प्रबर्दन,र धरान उपमहानगरपालिका र जनजाति महासंघको सहयोगमा हुने भएको हो।

रर्याल्लि कार्यक्रम शुक्रबार बिहान ७:३० बजे धरान-३ स्थित चिनिया चौकबाट निकालि धरान नगरभरि परिक्रमा गरिनेछ।कार्यक्रममा उपस्थित सम्पुर्णलाई नेवारि सगुन र साथै सवारि साधनमा र्याल्लि जानेलाई टि(सर्ट समेत दिइने बताइएको छ।कार्यक्रममा २०००जना जतिको सहभागिताको अपेक्षा गरिएको झिगु गोजिपत्रोका संयोजिक हरेराम कर्मचार्यले बताउनुभयो।

नेपालको इतिहासमा नेपाल संवत(१ नव वर्ष प्रारम्भ भएदेखि प्राचिन काल भइ मध्यकाल आरम्भ भएको मानिन्छ।नेपाल संवत एक साधारण व्यक्ति अझ तल्लो तहको उत्पिडित जातिका राष्ट्रिय बिभुति शंखधर साख्वास्लेस्थापना गरेको संवत हो। नेपाल संवतले स्थापना कालदेखि ८८८ वर्षसम्म अनवरत राज्य स्थरको संवतको रुप धारण गर्न सफल भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x