धरान । प्रभु बैंक धरान १० के रन नवौं नेवा च्यारिटीमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राई र महिला तर्फ सशस्त्र प्रहरीका सन्तोषी श्रेष्ठ विजयी भएका छन् ।

आज धरानमा सम्पन्न भएको १० के रनमा पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राईले १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पुरा गर्दै प्रथम भए । पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै जितेन्द्र दनुवारले ३४ मिनेटमा दुरी पुरा गर्दै तेस्रो भए । यस्तै, भोजपुरका श्रीकास राई चौथो र धरानका नविन तामाङ पाँचौं भए ।

महिलातर्फ शसस्त्रकी सन्तोषी श्रेष्ठले ३८ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन् । उनी गएको आठौं साफ गेम्समा गोल्ड मेडल विजेता पनि हुन् । धरान रनमा सन्तोषीको ह्याट्रिक हो । भोजपुरकी छेन्विमाया राईले ४२ मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् भने जुम्लाकी बन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा पार गर्दै तेस्रो भइन् । यस्तै, धरानकी इन्द्रकला लिम्बु र कमला राई क्रमशः चौथो र पाँचौं भईन् । रनमा प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे भने चौथो र पाँचौ हुने धावकधाविकाहरुले सान्त्वना पुरस्कार पाए । धरान रनले रनर अफ दि इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वीमाया राईलाई प्रदान गरेका थिए ।

पुतलीलाईनबाट सुरु भएको धरान टेन के रनमा विगतको तुलनामा अत्यन्तै कम सहभागीलाई मात्रै सहभागी गराएर कार्यक्रम गरिएको आयोजकले जनाएको छ । धरान रनले उनीहरूको दक्षता अनुसार छनौट गरेर १ सय ४१ जनालाई मात्रै सहभागी गराएको हो ।

विगतमा विभिन्न क्याटोगोरीमा प्रतियोगिता हुने गरेकोमा यस पटक दुई क्याटोगोरी महिला र पुरुषको मात्रै भएको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाले विश्वको दोस्रो उच्च शिखर के टु हिमालमा सफल आरोहण गरेर गरेर विश्व किर्तिमान राख्ने आरोही समूहलाई सम्मान गरिएको थियो । यस्तै, चर्चित गायक राजु लामा, पुर्व मिस नेपाल मलिना जोशी, दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटियालाई पनि सम्मान गरिएको छ ।

पुरस्कार धरान उपमहानगरका प्रमुख तिलक राई, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र ब. कार्की, धरान रन का अध्यक्ष रमु राई लगायतले वितरण गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x