धरान (पारस राई)। नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानको नागोयामा धरान फुटबल क्लबको आयोजनामा ‘सेभेन ए साईड नकआउट फुटबल कप’ प्रतियोगिता हुने भएको छ ।

कार्यक्रमका संयोजक सबिन राईका अनुसार २०२१ जुलाई ११ तारिकदेखि नागोयामा ‘सेभेन ए साईड नकआउट फुटबल कप’ प्रतियोगिता हुने भएको हो । संयोजक राईले जापान स्थित रहेको विभिन्न सहरका फुटबल टिमहरुले नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए । नकआउट फुटबल प्रतियोगिता कोभिड १९ का कारण दर्शक विहीन ट्रम एण्ड कन्डिसन अपनाएर विषेश सर्तकताका साथ सञ्चालन गरिने छ । संयोजक राईले प्रतियोगितामा विजेताले शिल्ड, प्रमाण पत्र र मेडलसहित २५२५२५ येन प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड, प्रमाण पत्र मेडलसहित १५१५१५ येन प्राप्त गर्ने बताए । साथै, प्रतियोगिताको उद्घाटनका दिन सम्मान स्वरुप ३५ वर्ष पार गरिसकेका नागोया भेट्रान र एनआरएनए भेट्रान बिच मैत्रीपूर्ण खेल समेत हुनेछ । प्रतियोगिताको टाईसिट जापानिज समयनुसार जुलाई ७ तारिख साँझ प्रकाशन गरिनेछ । प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष खेल गोल नेपाल नेपाल डटकम, हाम्रो खेलकुद डमकम र फुटबल क्लब धरानको फेसबुक पेजबाट हेर्न सकिने आयोजकले जनाएको छ ।

जापान स्थित रहेको क्लबका अध्यक्ष योमन देवानले फूटबल खेलको माध्यमबाट जापनमा रहेका नेपाली खेलाडीहरु बिचको भाईचारालाई थप प्रगाढ बनाउन मद्दत पुग्ने जानकारी दिए । उनले हाल जापानमा रहेका यूवाहरुमा देखिएको तनावलाई केही हदसम्म भएपनि यस फुटबल प्रतियोगिताले तनावमुक्त बनाउने बताए । प्रतियोगिता अहिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा हुन लागेको हो । आयोजकका अनुसार साथै धरान फुटबल क्लब धरानका अध्यक्ष समेत रहेका एन्फाका मानार्थ उपाध्यक्ष (एन्फा प्रदेश नं. १ का अध्यक्ष) किशोर राई, पूर्व खेलाडी तथा अखिल नेपाल कोच संघका उपाध्यक्ष सुमन श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी विराट महर्जन र राष्ट्रिय खेलाडी किरण चेम्जोङको प्रतियोगितामा सहयोगको मूख्य भूमिका रहेको अध्यक्ष देवानले बताए । साथै, क्लबका सल्लाहकार दिपक कार्की, दियालो रेष्टुरेन्ट, मनोज बम मल्ल अभियान ईन्टरनेशनलको विषेश सहयोग रहने छ । यस्तै, प्रतियोगितामा गोल नेपाल डटकम, हाम्रो खेलकुद डटकम, नेपाल जापान डटकम, ट्रोल जापान, शैलुङ अनलाईन र मातृ शन्देश लगायतको मेडिया पार्टनर रहने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap