धरान (लोकराज निरौला) । फागुन ११ गते धरान १५ निराजन मार्गको शाखाबाटो श्रुतिमार्ग ढल बाटो निमार्ण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
समितिका अध्यक्ष्ँ टिकाराम ठटालको सभापतित्व धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष नरेश कुमार इवारमको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै इवारमले वडाको विकास निर्माणको जिम्मा स्थानिय तहमा निर्वाचित जन प्रतिनिधि हरुलाई भएकोले हाम्रो पार्टीमा लागौ हामी विकास गरी दिन्छौ भन्नेहरुको भ्रममा केहि पर्न नहुने बताए ।
उनले अहिले केहि मान्छेहरु हामी पहिलाको एमाले एक ठाउ“मा हुनु पर्छ । पूर्व माओवादीहरु एक ठाउ“मा हुनु पर्छ भन्दै हिड्ने गरेको तर अब एमाले र माओवादी भन्ने पार्टी छैन अब नेकपा मात्र रहेको बताए । मन्तव्यकै क्रममा ऐलेनी जग्गा रोकेर वा किनेर ब्यपार गर्ने र एउटै वडामा तीन, चार वटा घडेरी रोक्नेका अब दिन गएको बताए । भूमिहिन सुकुम्बासीहरुले जहा“ पाए पनि एक ठाउ“ भूमि प्राप्त गर्ने परिवारका सदस्य पिच्छे जग्गा नपाउने बताए ।
धरान उपमहानगरपालिकाबाट ५ लाख ५० हजार स्थानिय जन सहभागिताबाट २ लाख गरी जम्मा ७ लाख ५० हजारको लागतमा ढल तथा बाटो निर्माण गर्न लागिएको समितिका सचिव खेमराज सेवाले जानकारी दिए । कार्यक्रममा निराजन टोल विकास संस्थाका अध्यक्ष गजेन्द्र लम्जेल, निराजन वस्ती कल्याण समाजका कोषाध्यक्ष डम्बर बहादुर गुरुङ्ग सचिव लोकराज निरौला, उपभोक्ता समितिका कोषाध्यक्ष आनन्दी राई, साने बान्तवा, अमर पाण्डे, गंगा परियार, सुनिता राई लगायको उपस्थिति रहेको थियो ।