धरान । धरानमा निषेधाज्ञाको पहिलो दिन चहलपहल हेर्दा निषेधाज्ञाको उलङघन भएको नभएको देखिन्छ ।

धरानको तिनकुने (Photo By Shisir Khadka)

कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा सुनसरी जिल्ला पनि परेपछि आजदेखि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको हो ।

निषेधाज्ञाको पहिलो दिन बर्षा भइरहेकोले पनि मुख्य बजार, चोकतिर मानिसहरुको चहलपहल किनमेल गर्नको लागि मात्र सर्वसाधारणहरु आउजाउ गरिरहेका छन् ।
सवारी साधन जोर गतेको दिन जोर र विजोर गतेको दिन विजोर नम्बरका सवारी चल्नेछन् भने पनि सबै चलाएको बुझियो ।

धरानको तिनकुनेमा मात्र सुरक्षा कडाई देखियो । अन्य चोकहरुकमा प्रहरीको उपस्थित देखिएन्।
सुनसरीमा आजदेखि बैशाख २४ गतेसम्म निषेधाज्ञा लागु भएको हो । यो अवधिमा सवारीसाधनहरु जोर विजोर प्रणालीमा चल्नेछ ।

औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु चौबिसै घण्टा खुला हुनेछ भने अन्य पसलहरु बिहान ६ बजेदेख बिहान ११ बजेसम्म मात्र खोल्न पाइनेछ । होटलहरु भने बिहान८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap