धरान, २२ भदौ। नेकपा एमालेबाट निष्कासन गरिएका १४ जना सांसद बुधबारको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन ।

माधव नेपाल सहित १४ जना सांसदलाई साउन २५ गते नै एमालेबाट निष्कासन गरिएकाले उक्त बैठकमा उनीहरू उपस्थित भएमा सांसद चल्न नदिने ओलीले चेतावनी दिएका हुन ।

ओलीले एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै आफूहरूले हटाइसकेका १४ जना सांसद पदमा नरहेको र गैरसांसदको उपस्थितिमा सांसद चल्न नदिइने चेतावनी दिएका छन । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको ओलीको आरोप छ ।

ओलीले भने, ‘यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x