धरान । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारविच फागुन २० गते भएको तिनबुँदे सहमतिकाे उल्लंघन गरे पछि सुमनसिंह पाैडेलकाे नाममा पक्राउ पुर्जि जारी भएको छ।

जिल्ला अदालत माेरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची-काेसी ब्युरो कार्यालय सचिव पाैडेलकाे घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो तिनबुदे सहमति अनुरूप यतिबेला विप्लव नेकपाले आफ्ना गतिविधि सञ्चालन गरिरहेपनि सरकारले भने सहमति विपरीत कदम चालिरहेकाे छ ।

यसअघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझै पनि सयौं नेता कार्यकर्ता कारागारमै रहेका छन्,।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap