धरान । एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी सुद्धिकरण आन्दोलनमा ऐक्यवद्धता जनाउन धरान आएका डाक्टर गोविन्द केसीले नेपालका नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरेको बताएका छन् ।

वीपीमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै डा केसीले नेताहरुको लगानीमा खुलेका निजी संस्थाहरुलाई लाभ पुग्ने गरि सार्वजनिक संस्थानहरु दोहन गरेर धारासायी बनाइरहेको पनि आरोप लगाए । डा।केसीले सरकारी तथा सार्वजनिक संस्थाहरुलाई धरासायी बनाउनकै लागि अयोग्य र भ्रष्ट कार्यकर्ताहरुलाई पदाधिकारीमा नियुक्त गरेको पनि बताए । ‘विश्वभरि शिक्षा र स्वास्थ्य सेवामुलक क्षेत्रकोरुपमा छ तर नेपालमा राजनीतिककर्मी र कालोबजारी मिलेर नाफामुलक व्यापार बनाएका छन्,’उनले भने,‘नेताहरुले अयोग्य र भ्रष्ट कार्यकर्ताहरुलाई नियुक्त गरेर दोहन गरिरहेको छ, धरासायी बनाइरहेको छ।’

भ्रष्टहरुले सार्वजनिक संस्थानलाई धरासायी बनाएपछि सर्वसाधारण जनताहरु बाध्य भएर नेता र माफियाकै मिलेमतोमा खुलेको निजी शैक्षिक र स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य हुने पनि डाक्टर केसीले बताए । उनले नेपालका नेताहरुमा नैतिकता नभएको र गैरजिम्मेवार भएको आरोप पनि लगाए । उनले वीपी प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने पनि माग गरे ।

डाक्टर केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरुमा नियुक्त हुने पदाधिकारीहरुको मापदण्डबारे बनेको समितिले प्रतिवेदन बुझाइसकेको तर ऐनकोरुप दिन नेताहरुले नचाहेर कानुन मन्त्रालयमा पेन्डिङ राखिएको बताए । आफ्ना भ्रष्ट, अयोग्य कार्यकर्ताहरु भर्ति गर्न नपाइने भएपछि ऐन नबनेको भन्दै डा।केसीले जसरी पनि ऐन बन्ने जिकिर गरे । यस्तै, सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेकिडल कलेज खोल्नुपर्ने भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले २ र ४ नम्बर प्रदेशमा रोकिराखेको भन्दै आक्रोश पोखे ।

Photo By Sangita Rai
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap