धरान, १९ भदौ । नेपालगंजमा ४ किलो बढी सुन सहित दुईजना पक्राउ परेका छन ।

नेपालगन्ज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्ट स्थित काठमाण्डौबाट नेपालगंज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को प्लेनबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

शुक्रबार नेपालगन्ज आएका झापाको खादुनावारी गा.बि.स वडा नं. ६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङका लेटाङ गा.वि.स.वडा नं २ बस्ने वर्ष २८ को बुद्दीमान खातीलाई अन्दाजी ३:०० बजेको समयमा नेपालगंज विमास्थलको आगमन कक्ष वाहिर पट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उनीहरुलाई उक्त वस्तु सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

प्रहरी अनुसार उनीहरुलाई तलासी गर्दा अमिल लगुन विश्वकर्माले लगाएको दाँया /वाँया जुत्तामा रहेको सुन जस्तो देखिने २/२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँया /वाँया जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने १/१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोलामा सुनको जस्तो देखिने तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारेको शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

बरामद उक्त वस्तु र व्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x