मंसिर १७।आज देशभर नेपालमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,जम्मा ६ हजार ४०० जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएकोछ भने १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो।

पछील्लो २४ घण्टामा ३४७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार १७२ जना संक्रमित भएका छन् भने ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत पुगेकोछ । आजसम्म संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहदा ९८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोरोना खोप लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x