धरान । नेपाल आदिवासी जनजाती संघ धरान उपमहानगरको संयोजकमा दिपचन्द्र राई चयन भएका छन् ।

नेपाली कांग्रेस निकट संस्था नेपाल आदिवासी जनजाती संघ धरान उपमहानगरको संयोजकमा राईलाई चयन गरिएको हो । संघ लामो समयसम्म निष्क्रिय रहेको साथै राष्ट्रको नयाँ संरचना अनुसार समायोजन हुन बाँकी रहेको कार्यसमितिलाई आवश्यकता अनुसार विघटन गरि पुनर्गठन गर्ने केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार नेपाल आदिवासी जनजाती संघ सुनसरी जिल्लाको बैठकको निर्णय अनुसार दिपचन्द्रलाई संयोजकको भुमिका दिइएको छ । संयोजक राई धरान २ निवासी हुन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती संघका अध्यक्ष गोपाल राई (कालुराम)ले संघको धरान कार्यसमिति लामो समयदेखि निष्क्रिय रहेको र बारम्बार सक्रिय बनाउन खोज्दा समेत बेवास्ता गरिएको कारण बाध्य भइ पुरानो कार्यसमितिलाई विघटन गरि दिपचन्द्रलाई संयोजकको जिम्मेवारी दिईएको बताए । उनले १ महिनाभित्र सम्पुर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरु पूरा गरि जिल्ला कार्यसमितिमा जानकारी गराउनु पर्ने निर्देशन समेत दिए ।

यसैगरी संघका प्रदेश नम्बर १ का संयोजक नन्दराज राईले समेत नव निर्वाचित अध्यक्ष राईलाई शुभकामना दिंदै समितिलाई चुस्त दुरुस्त बनाएर लग्नेमा पुर्ण विश्वास रहेको बताए । नवनिर्वाचित दिपचन्द्र लामो समयदेखि धरान उपमहानगरपालिकाको विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गर्दै आएका सक्रिय युवा हुन् । उनले सफेद चरण सामाजिक बहिष्कारको विरुद्ध मानव अधिकारको संरक्षणको वरिष्ठ सल्लाहकार, धराने हाईकर्स धरानका संस्थापक सह-सचिव तथा किरात राई यायोक्खा प्रा.का.स.धरान २, ३ र ७ नं. वडा समितीका अध्यक्ष समेत रहेर काम गरिसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x