धरान,मंसिर १९।नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएकोछ।बागमती प्रदेशमा प्रदेश सभापतिमा तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको हो।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् भने जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब भने दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने भएकोछ।

कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मत रहेको थियो।त्यति मध्ये २ हजार ८३ मत मात्र खसेको जनाइएकोछ। कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान रहेकोछ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था रहेकोछ। निर्वाचनमा ५१ प्रतिशत मत कसैको नआए पछि अब धेरै मत पाउने दुई जनाबीच पुनः निर्वाचन हुनेछ।आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिएकाछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x