त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ । कोरोना महामारी पछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

नेपालले विश्वकप छनोटका खेलका लागि लामो समय तयारी गरेको छ । विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ -एन्फा_ ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो । खेलअघि नेपालका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपालको लक्ष्य, उत्कृष्ट प्रदर्शनसँगै र नयाँ खेलाडीलाई अवसर दिने भएको बताएका छन् ।

सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नका साथै नयाँ अनुहारलाई टिममा मौका दिने रहेको बताएका थिए । “त्रिदेशीय फुटबलका लागि हाम्रो तयारी राम्रो छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो लय समात्ने हाम्रो योजना हो । जसका लागि हाम्रो तयारी पनि राम्रो छ । खेलाडी पनि उत्साहित छन्,” महर्जनले भने ।

यता टिमका उप–कप्तान रोहित चन्दले पनि टिममा सबै खेलाडी खेलका लागि उत्साहित भएको बताए । उनले लामो समयपछि घरेलु मैदानमा खेल्ने मौका पाएको हुनाले यसको महत्व नै बेग्लै हुने बताए ।

“लामो समयपछि त्रिदेशीय फुटबल खेल्दै छौं । त्यसको लागि हाम्रो तयारी पनि राम्रो छ । घरेलु मैदानमा खेल्न लागेका हुनाले केही सहज पनि हुनेछ । अनि हामी उत्साहित पनि छौं,” चन्दले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x