धरान, मंसिर ०२ गते । नेपाली फिल्म ‘प्रेम गीत–३’ को भारतको प्रदर्शन राइट बिक्री भएको छ । मोटो रकम सहित भारतीय बजारले सन्तोषको प्रेम गीतलाई किनेको हो।

सन्तोषको अनुसार फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको हो। उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम उपलब्ध गराउने छ । साथै अब भारतका थिएटर र ओटिटिको एमजीमार्फत प्रेम गीत प्रदर्शन हुने छ। यस फिल्म निर्देशक तथा निर्माता सन्तोषको महत्वकांंक्षी प्रोजेक्ट हो।

फिल्ममा अभिनेता प्रदीप खड्का, डेब्यु नायिका क्रिस्टिना गुरुङ , सुनिल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। नेपालमा पोहोर साल नै प्रदर्शनमा ल्याउने तयारी रहेको यस फिल्मलाई निर्माण टिमले बढ्दो लकडाउनका कारण फिल्मलाई रिलिज पेन्डिङमा राखेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x