पुष २१। धरानको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवा पुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु धरान आउने भएका छन्। यहि पुष २४ गते सनिबार धरान १२ स्थित पब्लिक हाइ स्कूलको खेल मैदानमा हुन गई रहेको ”नेपाल आइस
मनोरन्जन धमाका २०२२”मा एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी आफ्नो प्रस्तुति दिन धरान आउने भएका हुन्।म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भएको हुन्।

सिल्वर इन्टरटेन्मेण्टले उक्त कार्यक्रम प्रस्तुत गर्ने भएको हो।कार्यक्रममा बिभिन्न आकर्षक डान्स प्रस्तुति समेत रहने बताइएको छ ।सो कार्यक्रमलाई ‘नेपाल आइस् बियर’ले मुख्य प्रायोजन तथा ‘डिभाइन वाइन प्रिमियम’ले सह -प्रायोजन गरेको छ। साथै सो भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो , जेन्टलमेन अनलाईन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत
मोटर्सको बिशेष सहयोग रहेको जनाइएको छ। कन्सर्टको गेट टिकट रु २०० राखिएको छ।

‘आँखामा आउने सपनी , ब्ल्याक एण्ड व्हाईट , मन्द -मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु ,शिरफुल’ जस्ता थुप्रै लोकप्रिय गीतहरु गाइसकेका चार्चिता गायक हुन् एकदेव लिम्बु। त्यस्तै नेपाल आइडल सिजन २ को थर्ड रनर अपको बिजयी अस्मिता अधिकारी पनि अहिले आधुनिक ,पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन्।उनको ‘तिम्रो मायाले बाँधेर राख , टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो ,फल्र्टी माया , सिमसिमे पानी’ जस्ता थुप्रै हिट गीतहरु रहेका छन्। उनको भर्खर रिलिज भएको काफल खाने कुइंया बोलको गीत रिलिज भएको एक हफ्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डीङ्गमा रहेको छ। नेपाल आइडल सिजन ३को टप
आठसम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिका मध्ये एक हुन्।उनको ‘फोटो फिरिममा , उनको प्रित ,एक
चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो, छुक छुक रेल’जस्ता थुप्रै गीतहरु चर्चित छन्।

यी सब चर्चित गायक गायिका धरान पहिलो पटक आउन लागेका हुन्। धरानको पहिलो कार्यक्रम,दर्शकको उत्साहजनक उपस्थिति र मायाले निक्कै राम्रो अनुभव रहने कहाकारहरुको आशा रहेको जनाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x