धरान, मंसिर १२ गते । नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी र पत्रकार माधव घिमिरेलाई पितृशोक परेको छ ।

उहाँहरूका पूज्य पिता दधिराम घिमिरेको ९० वर्षको उमेरमा आज बिहान ५ः१५ बजे झापाको बिर्तामोडस्थित निवासमा निधन भएको हो । हल्का निमोनिया र उच्च रक्तचापबाट पीडित स्वर्गीय घिमिरेको दुःखद निधन भएको हो। स्वर्गीय घिमिरेका तीन छोरा र चार छोरीमा पूर्वसभापति निष्ठुरी स्वर्गीय घिमिरेका जेठा छोरा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघले स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभयो । महासघंले यस घडीमा पितृशोकमा पर्नुभएका पूर्वसभापति निष्ठुरीसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x