-डम्बर सिन्चिउरी जाँते । झण्डै डेढ बर्ष पहिले निकै तामझामका साथ प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई द्वारा शिल्यान्यास गरिएको पथरी जाँते ज्यामिरे सडक को अहिले सम्म पनि निर्माण कार्य शुचारु नहुँदा स्थानिय जाँते बासी एवं जाँते घुम्न वा आफन्त भेट्न आउने अतिथिहरु आफ्नो ज्यानको बाजि थापेर यात्रा गर्न बाध्य छन् ।

पथरी स्थित पुर्व पश्चिम लोक मार्गबाट झण्डै ११ किलोमिटर (जाँते बजार सम्म) सडक पुर्ण कच्चि रहेको छ । त्यहि बाटो भएर दैनिक सयौं ट्रिप टिफर , दर्जन बढि ट्रिप बस , स्थानिय टेम्पोहरु , ट्याक्टर , मालबहाक ट्रक , व्यापारी का सवारी या ढुवानीका साधन , अतिथिका सवारीका साधन यहि बाटो भएर गुड्ने भएकाले पनि जाँतेलीले यस्तो अवस्था भोग्नु परीरहेको स्थानियहरु बताउँछन्।

उनिहरु भन्छन् ” पथरी बजार सम्मको यात्रा होस् या आफन्त भेटघाटका लागि गरिएको यात्रा होस् । घर बाट हिड्दा लगाएको लुगाको रंग पथरी पुग्दा नपुग्दै पुरै परिवर्तन भईसकेको हुन्छ । लुगा त भैगो १०/११ किलो मिटर सम्म सजिलो गरी श्वास फेर्नै नपाउँदा दिर्घ रोगी (मुटु या फोक्सोका दिर्घ रोगी) र केटा केटीको स्वास्थ्यमा कस्तो असर पर्ला , कसैले पनि सजिलै अनुमान गर्न सकिन्दैन ।

एक लाईनमा ३ देखि ५ वटा सम्म टिपरले उडाएको धुलो कस्तो होला ? त्यत्तिका मात्रमा उडेको धुलो बाट बँचेर हिड्न कसैको पिताम छैन । कि त बाटो फेर्नु पर्यो , कि त धुलोको सामना गर्नु पर्यो” । उक्त जाँते पथरीको सडक भएर यात्रा गर्ने यात्री या पैदल घाँस दाउरा जावस् , या त साईकल-मोटरसाईकलमा हिँडोस् । अटो-सिटिमा हिँडोस् या त स्थानिय पुराना भैसकेका बसमा यात्रा गरोस् आखिर सबैको हालत भने एउटै हुने गरेको जाँतेका भुक्त भोगीहरु बताउँछन् ।

यसै गरी स्थानियहरु धुलोका डरले यो सडक छाडेर लेटाङ्ग काने-पोखरी या पुर्व पट्टि मिक्लाजुङ्गको धानखेति हँदै मंगलबारे अस्पताल अगाडिको बाटो हिड्ने गरेका छन् । यसरी हिँड्दा समयको खर्च सँगै ईन्धन समेत बढि लाग्ने हुँदा स्थानियलाई आर्थिक भार समेत बढेको गुनासो गर्छन् स्थानिय निजिसवारी चालक गंगा प्रसाद राई ।धुलो जिउ या कपडामा लागेर सफाई खर्च , ईज्जत् , समय त गयो गयो । यो सडकमा यात्रा गर्दा अर्को खतरा त झन् कहाली लाग्दो छ ।

त्यो के भन्दा दुर्घटनाको । सडकमा कथम कदाचित आफ्नो अगाडि टिप्पर दौडिरहेको छ र आफू पछाडि कुनै पनि प्रकारको साधनमा यात्रारत छौं भने धुलाका कारण आफ्नो अगाडि पछाडि बाट आईरहेको कुनै वस्तु नदेखीने भएकाले त्याहाँ गुड्ने सवारी साधन ठोक्किएर हुने दुरघटनाको त झन् कस्ले टार्ला र भन्छन् स्थानिय बस संचालक धन बहादुर गजमेर । गजमेरका अनुसार भगवानका कान नपरोस् अहिले सम्म यस सडकमा यसरी नगन्य मात्रमा दुर्घटना भए पनि कसैले ज्यानै समेत गुमान भने परेको छैन ।

अहिले सम्म भगवानले रक्षा गरीरहेका छन् । यस्तो दुखद अवस्थालाई निकास दिन पटक पटक स्थानिय युवाहरुले आवाज नउठाएको पनि हैन। तर पनि सम्बन्धित निकाएले तत्कालिनरुपमा भएका सहमती तोडेर वेवास्ता गर्ने र फेरि त्यस्ता युवाहरुको टाउको उठानै नसक्ने वातावरण बनाउने काम भने नरोकिँदा स्थानियले दुख पाईरहेको स्थानिय जानकारहरु वताउँछन् ।उनिहरु भन्छन् ” युवाहरुको आन्दोलन हुन्छ ।

टिप्पर रोक्छन् अनि यस्ता सहमति हुन्छन् । केही दिन भित्रै टिप्पर चलाउने भए बाटो बनाउने , बाटामा पानीहाल्ने , टिप्परको गति सिमित गर्ने आदि आदि । तर केही दिनमै उक्त सहमति तैं चुप मैं चुप भने झैं भएर जस्ताको तस्तै हुने गरेको छ । दैवै जानुन यस जाँतेमा स्थानिय सरकारका निकै उपल्लो तह देखि प्रदेश सभाका माननीय सम्म भएको ठाउँमा किन जनताले आज यस्तो नियती भोग्नु परीरहेको छ ? पानी त हाल्छन् गाउँमा मात्र त्यो पनि एकोहोरो दिनमा एक पटक ।

नौ किलो मिटर जंगल सुख्खा हुन्छ । पथरी बाटको कुरा गर्ने हो भने पानी हालेको छ त भनेर देखाउनै भए पनि लोक मार्ग बाट उत्तर चौकी सम्म मात्र पानी हाल्ने गरेको सवारी चालकहरु बताउँछन् ।श्रेष्ठ कन्ट्रक्सन प्रा. लि. ले ५४ करोडमा निर्माण सम्पन्न गर्ने सर्तमा २०७६ सालमा ठेक्का लिएको उक्त सडकको हाल सहाएक ठेकेदारको रुपमा स्थानिय ठेकेदार भिम पौडेलले जिम्मा पाएर काम गरीरहेको बताईएको छ ।

झण्डै एक बर्ष अघि बाटै काम शुरु भए पनि कामदारको अभाव , कोरोनाको कहर , ठेकेदारले कामदारलाई कामको ज्याला नदिएको बहानामा कामदार भागेको आदि बहाना देखाएर हाल सम्म गाउँ क्षेत्रको डेढ किलोमिटर क्षेत्रमा ड्रेन बनाउने बाहेक कुनै पनि काम हुन नसकेको जनाईएको छ ।यसै विषयमा स्थानिय नेतृत्वहरु सँग सम्पर्क गर्दा काम शुरु भैसकेको तर किन गति लिन सकिरहेको छैन भन्ने विषयमा आफुहरु पनि अनबिज्ञ्य रहेको बताउँछन् । यो चासोलिने काम प्रतिनिधि कै हैन र भन्दा अब चाँडै शुरु हुन्छ भन्नै जवाफ मात्रै आउने गरेको जनप्रतिनिधिहरु बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap