धरान,मंसिर १७।राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेकोछ । नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो।

नियमिततर्फ परिक्षा दिन ३ लाख ३८ हजार ६ सय ८८ जना थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने ७ हजार ६३ रहेकाछन् । कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरीको भएपनि बोर्डले उत्तरपुस्तिका परीक्षण जनाइएकोछ ।गत वर्ष भने विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गरेको थियो।यसो हुँदा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या आंशिक रूपमा बढेको थियो ।तर यस वर्ष भने बोर्डले नै परीक्षण गर्दा गतवर्षको तुलनामा धेरै जिपिए ल्याउने संख्या घटेकोछ।

यसपटक ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना विद्यार्थीले ल्याएका छन् । त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जानकारी दिएकोछ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या भने १० हजार ७३ जना रहेकोछ।

ग्रेडवृद्धितर्फ परिक्षा दिने २८ हजार ४ सय ६६ परीक्षार्थी थिए भने आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरुको पनि आज नै नतिजा सार्वजनिक गरिएकोछ। कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकोले निष्काशित गरिएको र परिक्षाफेल नआएको बोर्डले बताएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x