धरान । नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक भएसँगै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो ।’

पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठड्याएर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’ (Onlinekhabar.com)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x