धरान । ‘पाँचौ राष्ट्रिय हराइजन बास्केटबल कप’ यही चैत्र १४ देखि १६ सम्म हुने भएको छ ।
प्रदेश नम्बर १ को एकमात्र राष्ट्रिय बास्केटबल प्रतियोगिता हरेक साल हराइजन क्लब धरानको आयोजनामा, धरान सत्र ९१७० समाज हङकङको मुख्य प्रायोजनमा र धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न हुँदै आएको छ । प्रतियोगितामा काठमाण्डौ, पोखरा, धरान, इटहरी बाट जम्मा ८ वटा समूहहरुले सहभागिता जनाउने भएका छन् ।


प्रदेश नं। १ बाट छनौट प्रतियोगितामार्फत आएका पाँचवटा समूहहरु हराइजन क्लब धरान, इमोर्टल क्लब धरान, ब्रोदर्स क्लब धरान, तरहरा बास्केटबल क्लब इटहरी र युवा जागृति क्लब धरानले प्रतियोगितामा सहभागिता जनाउने र काठमाण्डौंंबाट दूई समूह र पोखराबाट एक समूह गरी आठ समूहको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा सहभागी हुने काठमाण्डौ र पोखराको समूहहरुलाई सुविधाको लागि खानबस्न लगायत समूह दर्ता शुल्क नलिने र यस्ता सेवा–सुविधाहरु, नेपालमा आयोजना हुने खुल्ला बास्केटबल प्रतियोगिताहरुमा हराइजन क्लब धरानले मात्र प्रदान गर्दै आएको अध्यक्ष वसन्त राईले जानकारी दिए ।


प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार रहेको छ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, नवप्रतिभा पुरस्कार ५ हजार रहेको छ भने खेलकुद सम्बन्धी जनजागरण सोधलेख लेख्ने खेलकुद पत्रकारलाई हरेक साल ७ हजारलगायत दोसल्ला र प्रशंसापत्रले सम्मान गर्दै आएको छ । खेलसँग सम्बन्धित त्यस्ता साहसिक एवम् असाधारण प्रतिभा भएको व्यक्तिलाई पनि हरेक साल १० हजारले सम्मान गर्दै आएको जनाइएको छ । गतसाल सगरमाथा महिला आरोही, देउराली चाम्लिङलाई सम्मान गरिएको थियो । यस्तै, धरान–१७ स्थित, श्री घोपा माविलाई हरेक साल १० हजार बराबरको शैक्षिक सामग्रीहरु प्रतियोगिता समापनको दिन प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।


गत चैतमा नै आयोजना गरिने भनिएको प्रतियोगिता कोरोना कहरले सरेको थियो । धरान–१७ स्थित होराइजन क्लबको खेल मैदानमा प्रतियोगिता सम्पन्न हुनेछ । २०५१ सालमा स्थापित हराइजन क्लब धरानले राष्ट्रिय बास्केटबल प्रतियोगितालगायत विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत पर्यावरण सम्बन्धी कामहरु गर्दै आएको जनाइएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap