धरान । पाँचौ राष्ट्रिय होराइजन बास्केटबल कपको उपाधी त्रिभुवन आर्मी क्लब काठमाडौले जितेको छ ।

होराइजन क्लबको आयोजनामा धरानमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले रुपन्देही बास्केटबल संघलाई ९१-५४ को स्कोरमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसँगै आर्मीले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता भएको रुपन्देहीले नगद ५१ हजार रुपैयाँ पुरस्कार जितेको छ । राष्ट्रिय खेलाडीले भरिएको आर्मीले रुपन्देहीलाई प्रत्येक क्वाटरमा पछाडी पार्यो । पहिलो क्वाटरमा १५-१०, दोस्रो क्वाटरमा २०-१८, तेस्रो २६-११ र अन्तिम क्वाटर ३०-१५ को स्कोर गरी समग्रमा ९१-५४ को स्कोरमा पराजित गर्दै आर्मीले उपाधी जितेको हो । प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको थियो । होराइजन क्लबले यस अघि धरान सहित पूर्वका टिमहरुबीच मात्रै प्रतियोगिता गर्दै आएको थियो । यसपटकदेखि भने बार्षिक रुपमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथी एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राई, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, बरिष्ठ पत्रकार हर्ष सुब्बा, क्लबका अध्यक्ष बसन्त राई, नेपाली कांग्रेस धरानका महिला विभाग प्रमुख पञ्चकला राई लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap