धरान । प्रहरीको प्रारम्भिक अनुसन्धानले मोरङको सुन्दरहरैचा ३ लोचनीमा पुजन राईले आज बिहान गरेको हत्याको निष्कर्ष निकालेको छ ।

स्थानीय ४० वर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । ऋषिदेवको हत्यामा संलग्न स्थानीय २३ वर्षीय पुजनले आफूलाई मृतक विष्णुले पागल भनेर पटक पटक जिँस्काएकाले आफूलाई एकदमै सिर उठेकाले मार्ने योजना बनाएको पुजनले प्रहरीलाई बयान दिएको बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए ।

जेठ ६ गते ११ बजे पुजन घरमा एकलै सुतिरहेको बेला घरमा कोही नभएको मौका छोपेर रेडियो बजिरहेको अवस्थामा उनले जिन्सको पेन्ट लगाएर आफ्नो भान्साबाट
फलामको बामफोक(दाउ)ले ऋषिदेवको घाँटीमा प्रहार गरि मारेको खुलेको छ ।

उनले सुति रहेका विष्णुलाई १ पटक हान्दा उनी निन्द्राबाट झस्किएका थिए भने ऋषिदेवका ३ पटक घाँटीमा हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुको घर १ मिटरको दुरीमा छ। मृतकको पनि मानसिक सन्तुलन केही ठिक नभएको खुलेको छ ।

अन्य कुनै रिसिबी नदेखिएको प्रहरीले जनाएको छ । स्थानीयहरुले बिहान करिब ६ बजे देखेर प्रहरीलाई जानकारी दिएका थिए । पुजनलाई उनलाई बिहान ८ बजे नै उनको घरबाट पक्राउ गरेको हो । हत्यामा प्रयोग गरिएको दाउ राईको घरमा भएको भान्सा कोठाबाट वरामद भएको थियो । दाउमा लागेको रगत धारामा पखालेर जिन्सको पेन्ट पनि फुकालेर पुजन सुतेका थिए । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान इन्स्पेक्टर खनालले जानकारी दिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap