धरान । धरान धरानतर्फ आउदै गरेको मोटरसाइकललाई कोशी राजमार्गको पानीपियामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका ४, आहालेका २४ बर्षीय राकेश राई रहेका छन् । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा करिब ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीबाट धरानतफै आइरहेको प्रदेश १(०२(०४० च ५८२७ नम्बरको मोटरसाइकलाई ना ५ ख ५८२३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईलाई राजमार्गमा सवार अन्य यात्रुहरुले उद्दार गरि उपचरको लागि वीपी प्रतिष्ठान पठाइदिएका थिए । ट्रक चालक भने फरार छन् ।

दुर्घटनास्थलमा प्रहरी चौकी तरहराको टोली पुगेको थियो । चौकीका सई दुखराम माझीका अनुसार घाइतेलाई उपचारको लागि धरान लगिसकेको थियो भने ट्रक चालक फरार भएका थिए । दुर्घटना कसरी र के कारणले भयो भन्ने खुल्न नसकेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x