पुष १९। यहि पुष २७ गते मंगलबारको दिन धरानमा अन्नपुर्ण युवा परिवारद्वारा १९औ अन्नपुर्ण सांगीतिक साँझ आयोजना हुने भएको छ। डीजाइनर्स व्रान्ड्सको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजन र १६ न वडा कार्यालयको सहयोगमा एकदिने उत्सव मनाइन लागिएको आज पत्रकार सम्मेलनमा बताइएको हो। अन्नपुर्ण लाइनमा रहेको विजुली अफिस देखि पुर्व पट्टिको खालि जग्गामा स्टल सहितको कार्यक्रम स्थलको निर्माण हुने कार्यक्रम संयोजक गौतम खालिङ्गले बताउनु भयो।

विगतका वर्षहरुमा च्यारिटेवल सांगीतिक कार्यक्रम मात्र गर्दै आएको परिवारले यस वर्ष देखि भने एकदिने उत्सवको रुपमा साझको रुपमा आयोजना गर्ने निर्णय भएको हो।कार्यक्रमबाट उठेको रकमले १६ नम्बर वडाका असहाय तथा बिपन्न परिवारमा र धरान छाताचौकस्थित पुनर्स्थापना केन्द्रमा सहयोग गर्ने पनि जनाइएको छ। यस किसिमको कार्यक्रमले युवाहरुमा सक्रियता ल्याउने,सामाजिक उत्तरदायित्व सिकाउने र विभिन्न खराव कार्य वा कुलतमा फस्नबाट जोगाउन मदत पुग्ने आयोजकले बताएको छ।

कार्यक्रम दिउसो १२ वजे देखि नै सुरु हुने छ भने कार्यक्रमस्थलमा करिव १२वटा विभिन्न खानेकुराहरुको स्टल हुने बताइएको छ। साझामा स्थानिय कलाकार,गरिमा डान्स सेन्टर र चर्चित ‘पहेलो बत्तिमुनि’ब्यान्डको प्रस्तुति रहनेछ। त्यसै गरि,सांगीतिक कारक्रम राति ९ बजेसम्म हुने र त्यस पस्चात मनोरन्जनकालागि हाउजी खेल खेलाउने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x