काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । राजधानीस्थित नर्भिक अस्पतालको भेन्टिलेटरमा रहेका उनको पछिल्लो अवस्था गम्भिर रहेको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जनाएका छन् ।

नेता जोशीको ब्रेनमा समस्या रहेको, रक्तचाप न्यून रहेको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको समेत पाण्डेले जनाएका छन । अस्पतालले समेत आज विहान एक विज्ञप्ति जारी गर्दै जोशीलाई भेन्टिलेटरमा नै राखेर उपचार जारी राखिएको जनाएको छ ।

यता जोशीको परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको स्वास्थ्यको विषयलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ,’ परिवारले स्टाटसमा उल्लेख गरेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap