धरान । पौडी खेल्ने क्रममा उदयपुरका एक बालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो १२ बजे मामाको घरबाट पौडी खेल्न गएका त्रियुगा नगरपालिका-४ वगाहाका १५ वर्षीय बालक विवेक ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।

साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा माईजु टिका विक सहितका स्थानीयले पोखरीमा डुवेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मृत अवस्थामा फेला परेका ढकालको शव बिहीबार पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap