धरान। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ । रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँच जना न्यायाधीशको इजलास तोक्नेछन् । संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश छन् । तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले यो रिट हेर्न मिल्दैन किनभने अघिल्लोपटक प्रतिनिधिसभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेका थिए । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासका लागि १३ जना न्यायाधीशबाट चार जना तोक्नेछन् ।
प्रतिनिधिसभा विघठन लगायत पछिल्लो राजनीतिक घटनाक्रमसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन् । यीमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x