इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर संयुक्त विरोधसभा गरेका छन् ।

विरोधसभाकै क्रममा सुनसरीमा कांग्रेसका सबै शुभेच्छुक संस्थाहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको पाटी कार्यालयबाट शुरु भएको र्याली इनरुवाको शान्तीचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस सुनसरीका अध्यक्ष माधव चौधरीको अध्यक्षता र नेपाली कांग्रेस प्रदेश नं १ का संसदीय दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोईरालाको प्रमुख आतिथ्यतामा भएको विरोधसभालाई कांग्रेसका पेशाकर्मी शुभेच्छुक संस्थाको प्रतिनिधित्व रहेको थियो ।

विरोधसभामा वक्ताहरुले प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न आफ्नै पाटीको झगडा मिलाउन नसकी देशलाई अस्थिरता तर्फ धकेल्ने उद्देश्यले संविधानको हत्या गर्दै जनताबाट निर्वाचित प्रतिनिधिसभाको विघटन गरेको आरोप लगाए ।

विरोधसभालाई सफल बनाउन समन्वय गरेका नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव ज्योती कोईरालाले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको प्रष्ट पारे । उपमहासचिव कोईरालाले कम्युनिष्टले मुलुक चलाउन नसक्ने ठोकुवा गर्दै इतिहासका कठिन क्षणमा कांग्रेसले देशलाई संकटबाट पार लगाएको दृष्टान्त प्रस्तुत गरे ।

विरोध सभालाई सम्बोधन गर्दै प्रदेश नं १ का विपक्षी दलका नेता तथा काँग्रेसका सुनसरी सभापती राजिव कोईरालाले वर्तमान संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे । सभापति कोईरालाले कांग्रेस एकढिक्का भइ प्रतिनिधिसभा पुनस्स्थापनाको माग लिएर आन्दोलनमा होमिनुको विकल्प नभएको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन सम्बन्धी जारी संवैधानिक इजलासमा सरकार पक्षका कानुन व्यवसायीहरुको हरिबिजोक भएको उल्लेख गरे ।

प्रमुख अतिथी कोईरालाले कांग्रेस चुनावबाट नडराउने तर संवैधानिक सर्वोच्चता जोगाउदै प्रतिगमन सच्चिए पछि चुनावमा एक्लै भिड्न तयार रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x