धरान । धरान १६ मा सम्पन्न भएको प्रथम प्रगति युवा समाज रनिङ कपमा धरान १७ विजयी भएको छ ।
फाईनल खेलमा वडा नं. १६ लाई हराउँदै वडा नं. १७ ले प्रथम प्रगति युवा समाज रनिङ कपको उपाधि उचाल्न सफल भए । फागुन १० गतेबाट सुरु भएको प्रतियोगिता १७ गते सोमबार सम्पन्न भएको हो । धरान १६ र १७ को फाईनल खेल अत्यन्तै रोमाञ्चक खेल भयो । समय अवधिभर दुबै टिमले ११ गोल मात्र गर्न सके । खेल ट्राईबेकरमा धकेलिए । ट्राईबेकरमा वडा नं. १६ लाई वडा नं. १७ विजयी भए ।
प्रतियोगिताको समापन समारोहमा प्रमख अतिथि मेयर तिलक राई र सोही वडाका वडा अध्यक्ष दिल कुमार गिरिको उपस्थिति रहेको थियो । मेयर राईले दुबै टिमलाई बधाई दिदै फुटबल खेलबाट धरानको अत्यन्तै नाम र पहिचान जाडिएको बताउनुभयो ।




