धरान । प्रदेश सरकार तस्करहरुको चंगुलबाट बाहिर निस्कन नसकेको आरोप नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले लगाएका छन्।


आइतबार ओखलढुंगास्थित नेपाल प्रेस यूनियन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रमुख सचेतक कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको मिलोमतोमा सरिक हुँदा समस्या गम्भीर हुदै गएको बताएका हुन्। मन्त्रीहरुले कमिसनको मिलोमतोमा हुदाँ प्रदेश सरकारप्रति जनताको विश्वास कम हुदै गएको कार्कीले दाबी गरे। उनले भने, ‘कोरोना संक्रमणदेखि स्वास्थ्य सामाग्री, औषधि खरिदमा ठूलोमात्रामा अनियमितता भएको सर्वत्र छ। जनताले सहज रुपमा खोप पाउन सकेकाछैनन्। सरकार गैह्र जिम्मेवार बन्दै मौनता साधिँरहेको छ।


प्रदेशको बजेटलाई मुख्यमन्त्री केन्द्रित बनाएको आरोप लगाँउदै कार्कीले मुख्यमन्त्री जनताको सेवक भन्दापनि शासक बन्दै गएको बताए। प्रदेशमा जनताका लागि केही काम नगरेरै मुख्यमन्त्री वाहवाहीमा रमाउन उद्धेलित रहेको उनको भनाई छ। उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरेका थिए ।
सोही क्रममा उनले हालसम्मपनि प्रदेशको नामाकरण गर्न नसक्नु प्रदेश सरकारको अर्कमण्यता भएको बताए। एमालेभित्रको वैमनस्यलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार प्रदेशको नामाकरण गर्न असफल हुदै गएको उनको भनाई छ। उनले भने, ‘बहुमतको सरकारले अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्नुले सरकारले जनताको भावना बुझनु नसकेको हो। सरकार शतप्रतिशत गैह्र जिम्मेवार बन्दै गएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap