धरान, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले माग्नु भएको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उहाँले विश्वासको मत प्राप्त गर्नु भएको घोषणा गर्नु भएको हो । बैठकमा मुख्यमन्त्री राईले राख्नु भएको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो ।

प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपथित हुनु भएको थियो । मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन । नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । यस अघि उहाँले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x