धरान । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिल बहादुर थापाले नेपालको संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ ।

आईतबार स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको पदस्थापना कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘मैले देखेको, मैले बुझेको ५ सय ५६ नम्बरमा संविधानको ३५ भाग ३०९ धारा र ९ अनुसुचिमा छ, संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउँदै त्यसले देशलाई ठूलो भड्खालमा लगेको बताउनुभयो । उहाँले कम्यूनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभयो । अन्याय अत्याचार, बलात्कार र महिला हंसा जस्ता घटनाहरु सबैभन्दा बढी यहि सरकारमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अढाई वर्षको अन्तरालमा नेपालमा लगभग ३ हजारको संख्यामा हत्या, बलात्कार र महिला हिंसा जस्ता घटनाहरु भएका छन् । यिमध्ये २, ४ वटा मात्र केशहरु बाहिर आएका छन् ।’ बधाई तथा शुभकामना दिदै उहाँले नवगठित कार्यसमितिलाई डेमोक्रेशीको बारेमा अध्ययन तथा अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले स्कुल अफ डेमोक्रेसीको अवधारणा ल्याउने मध्ये आफू पनि एक रहेको बताउनुभयो । यसले प्रजातन्त्रमा विश्वास गर्नेहरुका लागि उर्जा थप्ने उहाँको भनाई थियो ।

विघटीत प्रतिनिधिसभाकी संसद एवं नेतृ मिना सुब्बाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर कु गरेको बताउनुभयो । जनताको मर्म र भावनामाथि खेलबाड गरेको आरोप उहाँले लगाउनुभयो ।

स्कुल अफ डेमोक्रसी नेपालका केन्द्रिय अध्यक्ष नैन सिंह महरले स्कुल अफ डेमोक्रेसी सिक्ने र सिकाउनेहरुको थलो रहेको बताउनुभयो । प्रजातन्त्रवादी जनताको वृद्धिविकासका लागि स्कुल अफ डेमोक्रेसी नेपाल स्थापना भएको उहाँले बताउनुभयो । राजनीतिक अधिकार पाए पनि सामाजिक न्याय पाउन नसकेको भन्दै उहाँले सामाजिक न्याय र स्वतन्त्रताका लागि डेमोक्रेसीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले अहिले मुलुक अत्यन्तै प्रतिकुल परिस्थितिका बाबजुद अगाढी बढिरहेको बताउँदै यसले समग्र क्षेत्रमा वितृष्णा तुल्याएको बताउनुभयो । विषयवस्तुहरु सर्वोच्च अदालतमा विचाराधिन अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन विषयमा छलफल गर्ने ? कुन विषयमा छलफल नगर्ने ? एकदमै समस्याको रुपमा हामी अगाडी बढिरहेका छौं ।’ उहाँले नवगठीत कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुँदै आफुले सक्ने सहयोग गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायत नेताहरुले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम स्कुल अफ डेमोक्रेसी प्रदेश एकका संयोजक विशाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x