पुष २०। प्रधानमन्त्री शेरबहादुर देउवा आज (मङ्गलबार) धरान दिवसको दिन धरान आउने भनेसंगै धरानका सम्पूर्ण स्थानमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
प्रधानमन्त्रीको कार्यक्रम रहने स्थान, त्यहाँसम्मको चोक र सडकमा प्रहरी, सशस्त्र कडा रुपमा परिचालन गरिएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ ।
त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x