धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री ओलीले संविधानको कुनै पनि धारा टेकेर नबोलेको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार धरानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘उहाँले बुटवलमा धारा ७६ (१) को कुरा गर्नुभयो, जसमा प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन्छ भनेर, उहाँले भन्नु भएको छ, मसँग ६७ प्रतिशत सांसदहरु छन् भनेर भनिरहनु भको छ, यो संविधानले, ६७ प्रतिशत सांसद भको पार्टीले संसद विघटन गर्न पाउँदै पाउँदैन भन्ने कुरा संविधान मै लेखेकोछ ।’

उहाँले राष्ट्रपतिको भूमिका अत्यन्तै सम्मानित र संविधानको संरक्षकको रुपमा लिएको बताउँदै उहाँको भूमिका पनि अमर्यादित भूमिका भएको बताउनुभयो । ‘तीन करोड जनताको राष्ट्रपति नभएर उहाँ नेकपाको पनि एउटा गुटको राष्ट्रपतिको रुपमा उहाँ प्रस्तुत भैरहनु भएकोछ ।’ राष्ट्रपति भण्डारी अत्यन्तै गलत र अमर्यादित तरिकाले हिडिरहेको उहाँको भनाई थियो ।

उहाँले देशको प्रधानमन्त्री आफै विरोधसभा जस्तो गरेर हिडिरहेको भन्दै नारायणहिटी दरबारअघि राजा महेन्द्रको सालिकतिर फर्किएर मैले जे बोले त्यही कानुन हो भनेर देखाउन खोजेको आरोप लगाउनुभयो । ‘उहाँले काठमाण्डौंमा नारायणहिटी दरबारलाई पिठ्यु देखाएर राजा महेन्द्रको सालिकतिर फर्किएर उहाँले के देखाउन खोज्नु भएको हो भने मैले जे बोले त्यही कानुन हो भनेर देखाउन खोज्नु भएको हो नेपाली जनतालाई,’ उहाँले भन्नुभयोे,‘साइबर सेना लगाएर नागरिकलाई डराउने, तर्साउने, धम्कयाउने प्रयास यो सरकारले गरिरहेको छ । विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जाललाई मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रनालाई कुण्ठित गर्ने प्रयास यो सरकारले गरिररहेको छ ।’

पुष ५ गतेदेखि अहिलेसम्म ८, १० जना अपराधीहरुलाई ओली समुहमा भर्ति गरिसकेको पनि उहाँले दाबी गर्नु भएकोछ । जन्मकैद सजाय पाएका कालिबहादुर खामलाई प्रहरीले खोजी रहे पनि बालुवाटार भित्रिएको उहाँको भनाई थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x