काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीको स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । त्यसको लागि उनले हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटेर आफूलाई मत दिन आग्रह गरिसकेका छन् । तर, कांग्रेसले भने अहिले विश्वासको मत दिन नसकिने जवाफ दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x