पुष ३०। प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब समूह चरणमा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा पुगेकोछ।एपीएफले समूह चरणका चार वटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको हो ।

समूह ‘बी’ अन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो। जितसँगै एपीएफले चार खेलमा आठ अङ्क जोडेको छ । लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य एपीएफले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । लुम्बिनीको तीन खेलमा लुम्बिनी यो दोस्रो हार बेहोरेको हो। लुम्बिनी पहिलो खेलमा वाग्मती प्रदेशसँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा प्रदेश-२ लाई ४२ रनले जितेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x